लम्पी स्किन रोकथामका लागी बागमती प्रदेशमा आजबाट खोप अभियान सुरु

हेटौंडा टुडे
२५ श्रावण २०८०, बिहीबार १०:४१

हेटौडा ।  आज बुधबारबाट बागमती प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट एकै पटक लम्पी स्कीन रोगविरुद्धको खोप अभियान सुरु हुने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाइभैसीमा तीव्र रुपमा फैलिएको लम्पी स्कीन रोगविरुद्धको खोप अभियान सुरु गर्ने भएको हो । बागमती प्रदेशका १३ जिल्लाका ५० हजार गाईभैसीमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाउने लक्ष्य लिएको मन्त्रालयकाले जनाएको छ । ।

मन्त्रालयले यस पटक ९१ वटा स्थानीय तहमा खोप अभियान संचालन गर्ने छ । मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरको १० स्थानीय तहमा खोप अभियान संचालन गर्ने भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*