काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमो इन्द्रसरोवर – २ ज्यामिरे डाँडामा पल्टियो

हेटौंडा टुडे
२०८० श्रावण २८, आईतवार १८:४९ गते

हेटौडा । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर – २ ज्यामिरे डाँडामा सुमो दुर्घटनामा परेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो । मोमा सवार रहेका ९ जनाको अवस्था सामान्य रहेको छ भने सुमो चालकको खुट्टामा चोट लागेको स्थानीयको भनाइ छ । सुमोको ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ । दुर्घटना थप बिवरण आउन बाकि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*