मकवानपुरको माण्डु हाईड्रोपावरमा शव फेला, एक हप्ता भित्र भेटियो २ वटा शव

हेटौंडा टुडे
२०८० श्रावण २८, आईतवार १९:०७ गते

हेटौडा । भीमफेदी गाउँपालिका वडा ८ माण्डु स्थित माण्डु हाईड्रोपावरमा एक हप्त्ता पनि नपुदै आज फेरी अर्को पनि एउटा सव फेला परेको छ । आज बिहान पहिचान नखुलेको पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले बताएको छ । गएको साउन २१ गते पनि सोही हाईड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको थियो । हालसम्म पनि किशोरीको पहिचान खुल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*