हेटौंडा । हेटौंडा बसपार्कको एक होटलमा आफ्नै संवेदनशील अंग लिंग काटेर एक युवक घाइते भएका छन् ।हेटौंडा १०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको कोठा नम्बर १ मा गएराति १० बजे एक युवकले आफ्नै संवेदनशील अंग काट्दा घाइते भएको प्रहरीले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका-७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँ आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।उनका अनुसार संवेदनशील अंग काटेर घाइते भएका युवक उपचारका लागि आफैँ गएराति नै हेटौंडा अस्पतालमा पुगेका थिए । युवकले आफ्नै संवेदनशील अंग काट्नुको कारण खुलेको छैन् । उनलाई थप उपउपचारको लागि गएराति नै भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्राबिधिक समस्याले फोटो अर्को परेकाले परिवर्तन गरिएको छ ।
सेयर गर्नुहोस्