हेटौँडा । हेटौँडा–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापक नियुक्तिको विषयलाई लिएर पाँच विद्यार्थी संगठन आन्दोलित भएका छन् ।
क्याम्पसको नेपाली विषयको प्राध्यापक रामचन्द्र सुवेदीको सेवानिवृत पश्चात क्याम्पसलाई नेपाली विषयको प्राध्यापक आवश्यक परेकोले एक जना प्राध्यापकको विज्ञापन आह्वान गरेको तर अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरिएको भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द« निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियू, राप्रपा निकट राप्रविस, विप्लव निकट अखिल क्रान्तिकारी आन्दोलित बनेका हुन् । निर्णय सच्चाउन विहीबार क्याम्पस प्रमुख डा। शंकरप्रसाद उपाध्यायलाई उनीहरुले ४८ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन् । क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर क्याम्पस प्रशासन र व्यवस्थापन समितिले नियुक्त गरिएको प्राध्यापकहरुलाई तत्काल हटाउन संयुक्त विद्यार्थी संगठनको माग रहेको अध्यक्ष ने वि संघ क्याम्पस सभापति बुद्ध बहादुर ब्रम्हले जनाकारी दिएका छन् । निर्णय सच्चाउन ४८ घण्टा दिएका छौँ,निर्णय नसच्चिए आन्दोलनमा जानेछौ ब्रम्हले भने । यता स्वतन्त्र विद्यार्थी युनियनलृ पनि निर्णय सच्चउन क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाइसकेको छ ।





















