हेटौंडा । सरकारले लागु गरेको श्रमिकको न्यूनतम पारिश्रमिक आजबाट कार्यान्वयनमा आउने भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक न्यूनतम १७ हजार ३ सय रुपैयाँ तोकेको छ । आधारभूत पारिश्रमिक १० हजार ८ सय २० रहेको र महङ्गी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।
नयाँ पारिश्रमिक अनुसार अब श्रमिकले दैनिक न्यूनतम ६ सय ६८ रुपैयाँ ज्याला पाउनेछन् । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
सेयर गर्नुहोस्