अवरुद्ध रहेको कान्तिलोकपथ संचालनमा

हेटौंडा टुडे
२०८० भाद्र ८, शुक्रबार ११:०१ गते

हेटौंडा । बिहिबार देखि पेरको अविरल वर्षा सँगै खसेको पहिरोका कारण शुक्रवार बिहानबाट अवरुद्ध बनेको हेटौंडा हुदै काठमाडौं जोड्ने कान्तिलोकपथ संचालनमा आएको छ ।

कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिकाको भट्टेडाँडा काल्चे लगायतको स्थानमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक खण्ड अवरुद्ध बनेको थियो।सडक डिभिजनको डोजर प्रयोग गरेरे अवरुद्ध सडक संचालनमा ल्याइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*