हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा फन हेटौंडा सञ्चालनमा आएको छ । आरसी इन्टरनेस्नल प्रालि कम्पनीले हेटौंडा-२ संगमचोक नजिकै करिब साँढे दुई करोड लगानीमा फन हेटौंडा सञ्चालनमा ल्याएको हो ।बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्चालक रमेश सापकोटाले स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट सञ्चालन ल्याइएको जानकारी दिए । उनले आफूसहित युवराज भण्डारी र जागृत चौरेलको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको बताए । उनले साँढे तीन गठ्ठा जग्गामा पार्क सञ्चालनमा ल्याइएको बताए ।
सेयर गर्नुहोस्