७८ वर्षको उमेरमा सवारी लाइसेन्स पास

हेटौंडा टुडे
११ भाद्र २०८०, सोमबार १५:५०

हेटौंडा। हेटौंडा५ निवासी देवप्रसाद घिमिरे धर्मदत्तले ७८ वर्षको उमेरमा सवारी साधन अनुमतिपत्र लाईसेन्स पास गर्नुभएको छ । उहाँले के वर्गको अनुमतिपत्रको लागि फारम भरेसँगै गत भाद्र ७ गते लिखित परीक्षा पास गर्नुभएको थियो । लिखित परीक्षा गरेसँगै आइतबार ट्रायल परीक्षामा शतप्रतिशत अंक ल्याई उर्तिण भएको यातायात व्यवस्था कार्यालय हेटौंडाका सुचना अधिकारी राजु अर्यालले बताउनुभयो ।

पहिले ६० वर्ष उमेरसम्मले मात्र लाईसेन्स लिन पाउने व्यवस्था थियो, अहिले सवारी साधन चलाउन सक्नेले लाइसेन्स पाउने व्यवस्था अनुरुप घिमिरेले पनि दुबै परीक्षा पास गरी लाइसेन्स प्राप्त गर्न सफल भएको अर्यालले बताउनुभयो ।
सवारी साधन चलाउन सक्नेले लाइसेन्स पाउने व्यवस्था छ भन्ने कुरा मैले भान्जी शान्ति भण्डारीबाट थाहा पाँए पछि सोही अनुरुप आवेदन भरेको थिएँ घिमिरेले भन्नुभयो । उहाँ भन्नुहुन्छः लाईसेन्स नहुदाँ सुरक्षित नहुने प्रहरीको सुझावलाई ग्रहण गरी आवेदन दिएको हुँ ।

परीक्षा पास गरेँ अब भने तीन घण्टा सम्म यात्रा गर्न सक्छु, घिमिरे बताउनुहुन्छ । पहिले पहिले पनि चलाउँथे तर व्यस्त बजार र टाढाको यात्रामा हिड्ने गरेको थिइन् अब हिड्छु र सामाजिक क्षेत्रमा बढी सक्रिय रहन्छु । सबैतिरबाट बधाई पाएपछि खुसी हुदैँ घिमिरे भन्नुहुन्छः उमेरले छेक्दैन, सुरक्षित यात्राका लागि लाइसेन्स लिएर मात्रै सवारी चलाउन सबैमा आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*