बकैयामा पहिरोले पावर प्लान्ट बगाउँदा गाउँ अन्धकारमा

हेटौंडा टुडे
२०८० भाद्र १२, मंगलवार १६:५० गते

्हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं। १२ मा आधा दर्जन घरपरिवारको उठीबास भएको छ । आइतबार राति परेको अविरल वर्षाका कारण बस्तीको माथिबाट आएको पहिरोले बकैया १२ कोलखोपमा रहेको मितेरी पावर प्लान्ट बगाएको बकैया गाउँपालिका १२ नं। वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईँले जानकारी दिए ।

उनका अनुसार पहिरोले पावर प्लान्ट बगाएपछि अहिले गाउँ अन्धकारमय भएको छ । आइतबार राती सवा ११ बजे वर्षासँगै आएको पहिरोले पावर प्लान्टमा क्षति हुँदा गाउँ नै अन्धकार बनेको उनले बताए । सो पावर प्लान्टमार्फत वडाको कोलखोप, सिमपानी, महादेवडाड, चपकी, रातोमाटे, नियाले, चारघरेका स्थानीय प्रभावित बनेका हुन् ।

पहिरोले बकैया १२, धेक्रेकी सिता स्याङतानको घर बगाएको छ । मानवीय क्षति नभएपनि घर क्षति हुँदा अन्नबाली, लत्ताकपडा सबै पहिरोमा पुरिएको छ । पहिरोका कारण वडाका आधा दर्जन घरहरू जोखिममा रहेका छन् । स्थानीय पेमा लामाको घरमा पानी छिरेको, तीन घरेकी रिता घलेको घर धराप अवस्थामा रहेको वडा अध्यक्ष बजगाईँले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*