हेटौडा। नेपाल भारत बिश्व मैत्री संघको कार्यसमिती निर्विरोध रुपमा गठन भएको छ । यस संस्थाको जिल्ला भेला श्री निप्पु सर्राफ ज्यु को अध्यक्षतामा मकवानपुर जिल्ला कार्यसमितीले निर्विरोध रुपमा गठन गरिएको हो। संस्थाको प्रथम उपाध्यक्ष श्री सुदर्शन अधिकारी ज्यु को सभाअध्यक्षतामा बसेको भेला मा केन्द्रीय प्रतिनिधि जिल्ला संगठन गठन कमिटी प्रबिन मैनाली तथा केन्द्रीय उपाध्यक्ष श्री सुनिल कुमार दाहाल ज्यु तथा केन्द्रीय सदस्य श्री शुधिर दाहाल ज्यु तथा शर्मीला श्रेष्ठ ज्यु को गरिमामय उपस्थिति रहेको थियो। नयाँ कार्यसमितिमा अध्यक्ष निप्पु सर्राफ, उपाध्यक्ष मिरा स्याङतान, सचिव बिक्रम खतिवडा सहसचिव अनिल बानियाँ, कोषाध्यक्ष प्रवेश राज बरुबाल,सहकोषाध्यक्ष रामेश्वर दास सदस्यहरुमा सद्दाम हुसैन, बिष्णु थापा, बिपीन ताम्राकार, शौभाग्य दुतराज र बिनोद पौडेल चयन भएका हून ।





















