हेटौँडा अस्पतालका ७८ जना चिकित्सक सहितको सामुहिक राजीनामा

हेटौंडा टुडे
२०८० भाद्र २९, शुक्रबार १०:५८ गते

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सक सहित स्वास्थकर्मिले सामुहिक राजीनामा दिएका छ्न । दोषिलाई पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुले आजबाट हेटौँडा अस्पतालमा आकस्मिक वाहेकका सम्पूर्ण सेवाहरु ठप्प पार्ने भएका छन् ।

डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको केहि युवाको समूहले बुधवार दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेको घटनापछि काम गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मिले सामुहिक राजीनामा दिएका हुन् । नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्रचार गर्दै घटना भएको ४८ घण्टा वितिसक्दा पनि प्रहरीले दोषिलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा कन्द गरि आन्दोलनमा उत्रेको जानकारी गराएका हुन् ।

यता प्रहरीले भने सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*