अकोराब मकवानपुरको अध्यक्षमा तिलक अधिकारी सर्वसम्मत

हेटौंडा टुडे
२०८० आश्विन ६, शनिबार २१:५७ गते

हेटौडा । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, मकवानपुरको अध्यक्षमा तिलक अधिकारी निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको प्रथम जिल्ला सम्मेलनबाट शक्ति एफ.एम .१०३.४ मेगाहर्जका सञ्चालक अधिकारी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सम्मेलनले रेडियो मकवानपुरलाई उपाध्यक्ष, रेडियो मनहरीलाई सचिव, रेडियो पालुङलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिएको छ । मकवानपुरमा रहेका ८ वटा रेडियो मध्ये बाँकी ४ ९ रेडियो इन्द्रसरोबर, रेडियो निकास, रेडियो सन्देश र रेडियो झुरझुरे  सदस्य रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।  हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको सम्मेलन अकोराब मकवानपुरका संयोजक राजकुमार केसीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान)का बागमती प्रदेश अध्यक्ष गंगा पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी,समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईँ, अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान)का अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*