हेटौंडा । हेटौंडा उपमहानगर-१ स्थित तरकारी मन्डी नजिकको राप्ती खोलामा नुहाउने क्रममा बगाउँदा एक बालकको ज्यान गएको छ ।मंगलबार दिउँसो नुहाउने क्रममा राप्ती खोलाले बगाउँदा हेटौंडा-४ भैरवरोडका १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।
उनी परिवारसँगै खोलामा नुहाउन पुगेका थिए । नुहाउने क्रममा बगाएका बालकलाई ५०० मिटर तल राप्ती पुल नजिक बेहोस अवस्थामा फेला पारी उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्





















