मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

हेटौंडा टुडे
२०८० मंसिर १४, बिहीबार १४:३५ गते

 
हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मृतक एक महिला र एक बच्चाको पहिचान खुल्न सकेको छैन । बाँसपानीबाट सुकौरा जाँदै गरेको मोटरसाइकल मकवानपुरगढी-२ बाँसपानीमा सडकबाट करिब एकसय मिटर तल खस्दा दुबैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल चालक घाइते भएको र उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*