बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि

हेटौंडा टुडे
२०८० मंसिर २०, बुधबार १०:५५ गते

 

हेटौंडा ।बसामाडी जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित बुधबारदेखि मनाउने भएको छ ।

मंसिर २० गते बुधबारदेखि २३ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको बसामाडी जेसीज बर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले बताउनुभयो । अर्यालले मंसिर १९ गते नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बसामाडी जेसीजको पाँचौ बोर्ड बैठकले जेसीज सप्ताह सम्पन्न गर्नकोलागि कार्यकारिणी उपाध्यक्ष उद्वबराज कठायतलाई सप्ताह मूल कार्यक्रम संयोजक चयन गरिएको बताउनुभयो ।

बैठकले जेसीज सप्ताह अन्तरगत बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको अध्यक्ष जनक भण्डारीले बताउनुभयो ।

सप्ताह मूल कार्यक्रम संयोजक कठायतका अनुसार मंसिर २० गते मनिष खड्काको संयोजकत्वमा कमलडाँडा फुटसल मैदानमा अन्तर जेसीज फूटसल प्रतियोगिता र ध्रुव गौतमको संयोजकत्वमा जनप्रिय माबि हटियामा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम हुनेछ ।

त्यस्तै २१ गते रमेश शर्माको संयोजकत्वमा नेपाल परिवार नियोजन संघ हेटौंडामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धि अन्तरक्रिया कार्यक्रम र सरोज देबकोटाको संयोजकत्वमा हाम्रो घर हेटौंडा ५ मा बालबालिकासंग जेसीजको सहयोगी हात कार्यक्रम हुनेछ ।

२२ गते प्रमोद उप्रेतीको संयोजकत्वमा आशा फाउन्डेसन स्कुलमा खाद्यान्न बितरण कार्यक्रम र दिपेन्द्र यादबको संयोजकत्वमा सिद्धार्थ शिशु सदन माबि मा बक्तृत्वकला प्रतियोगिता हुनेछ ।
सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर २३ गते बुद्धराज अर्यालको संयोजकत्वमा होटल लियो इन हेटौंडामा समापन तथा पुरस्कार बितरण कार्यक्रम हुनेछ ।

सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता बिकासका लागि बसामाडी जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दे आएको बसामाडी जेसीज बर्ष २०२३ का महासचिब सुरज डंगोलले बताउनुभयो ।

बसामाडी जेसीजको जेसीज सप्ताह अन्तरगत हुने सबै कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण सरोकारवालालाई बर्ष २०२३ का तालिम संयोजक एवम् जेसीज सप्ताह समापन तथा पुरस्कार बितरण कार्यक्रम संयोजक बुद्धराज अर्यालले अनुरोध गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*