हेटौडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर – १ गोठखोला स्थित भित्रि सडक खण्डमा रहेको गुहेखोला आज गाडी खोलाले बगाएको छ । केहि दिन देखि परेको अबिरल बर्षका कारण आज उक्त ठाउँमा आएको बाढीले हेटौडा बाट राईगाई तर्फ आउदै गरेको ना ४ च ९४०९ नम्बरको पिकअप बोलेरो भ्यान बगाएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गाडी बगाउदा गाडीमा रहेको किराना पसलका सामानहरु बगाएको र गाडीमा सवार रहेका चालक बागमती गाउपालिका २ बस्ने बर्ष ४२ का गणेश लामा सहित दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडी रोड भन्दा ५ मिटर तल खोलामा रहेको र अहिले गाडी निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्