
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–२ ओम भवन नजिक भिमफेदी गाउँपालिका वडा नंबर–५ धुसेनी घर भई हाल मणिखाद्यान्न पसल अगाडी आनन्द अग्रवालको घरको दोस्रो तलामा भाडामा बस्दै आएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
२४ वर्षका कृष्ण रुचाल मगरलाई उनी सुत्ने कोठाको भुईमा निजको काकाको छोरी रबिना रुचाल मगरले बेहोस अवस्थामा देखि तत्काल प्रहरीलाई खवर गरेकी थिइन । यस विषयमा थप अनुसंधान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछी सबै जानकारी हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।


सेयर गर्नुहोस्