महिला पत्रकारका लागि क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम

हेटौंडा टुडे
५ मंसिर २०८१, बुधबार १७:१६

हेटौडा। बागमती प्रदेशको राजधानी हेटौंडामा महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाहरुको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ ।बुधबार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको आयोजनामा जिल्लाका समग्र महिला पत्रकारहरुको अवस्था, पत्रकारिता चुनौति, समस्या र अवसरहरुको बारेमा छलफल गरिएको छ ।लैङ्गिक संवेदनशिल पत्रकारिता विकासका लागि मन्त्रालयले पहिलोपटक कार्यक्रमको आयोजना गर्दै नौलो सुरुवात गरेको हो ।कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयकि सचिव ममता बास्तोला, मकवानपुरकि महिला पत्रकार अञ्जली थापा, र प्रेस स्वतन्त्रता अनुगमन शाखा, प्रेस काउन्सिलकि प्रमुख सञ्चिता घिमिरेले प्रस्तुति गरेका थिए ।

त्यस्तै कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरले पत्रकारिता क्षेत्रमा महिला पत्रकार पुरुष पत्रकारका बराबरीमा रहेको बताएका छन् । उनले महिलाहरुले आफुभित्रका क्षमतालाई आफैले केलाउदै , अवसरको सदुपयोग, चुनौतीको सामना लगाएतमा जोड दिन आग्रह गरेका छन् ।

त्यस्तै पत्रकार महासंघ बागमतीकि उपाध्यक्ष सम्झना कार्कीले पत्रकारिता क्षेत्रमा महिलाहरुलाई सहज वातावरण र्सिजित हुँदै गएको बताएकि छिन् । पत्रकारितामा उदयमान हुँदै गएका नयाँ पुस्तालाई सिक्ने अवसर प्रसस्त रहेको उनले बताईन् ।

कार्यक्रममा प्रमुख अतिथि, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तिर्थराज चिलुवालले लैङ्गिक विभेदमा महिला पत्रकारहरु रुमलिएको र चाहेर पनि समस्याहरुलाई खोल्न नसकेको बताएका छन् ।समाज, परिवार, कार्यालय जस्ता सबै क्षेत्रमा महिला पत्रकारहरु पुरुष पत्रकारको तुलनामा कहि न कहि पिछडिएको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*