हेटौँडा । हेटौँडा १०, टिसिएन चौरमा जारी राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा आज भएको राजु लामा स्पेसल टिकटको मूल्यमा विवाद उत्पन्न भएको थियो । आयोजक औद्योगिक शान्ति नेपालले सुरुमा ७५ रुपैयाँमा टिकट बिक्री गरे पनि बुधबार साँझ ५ बजेपछि ३०० रुपैयाँको टिकट अनिवार्य गरेपछि दर्शकहरु आक्रोशित बनेका दर्शकहरुले बताए तर दिनभर ७५ रुपैयाँको टिकट काटेर मेला भित्र प्रवेश गरेका दर्शकहरुलाई बेलुकी ५ बजेपछि जबर्जस्ती बाहिर निकाल्न खोजिएको भन्दै दर्शकले आयोकलाई आरोप लगाएका थिए । आयोजकले राष्ट्रिय कलाकारको प्रस्तुति हुने भन्दै ३०० रुपैयाँको नयाँ टिकट काट्न बाध्य पार्न खोज्दा मेला स्थलमा तनाव उत्पन्न भयो तर पनि टिकट विवादबीच पनि सांगीतिक माहोल भने उत्तिकै रोचक रह्यो । चर्चित गायक राजु लामा र उनको ब्यान्ड ‘मङ्गोलियन हर्ट’को विशेष प्रस्तुतिले दर्शकलाई अझ बढी मोहक बनायो । राजु लामाले मेरो नेपाल ,हल्ला चलेछ , “चाडै फर्की आऊ”, “तिमी बिना” जस्ता लोकप्रिय गीतहरु गाइरहँदा दर्शकहरू झुम्न बाध्य भए । लामाको प्रस्तुति हेर्नकै लागि धेरै दर्शकहरू बेलुकीसम्म पर्खिरहेका थिए ।




















