मनहरीमा सडक दुर्घटना हुदा एकको मृत्यु, एक घाईते

हेटौंडा टुडे
२०८१ फाल्गुन १९, सोमबार १७:०५ गते

हेटौडा ।  मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक जनाको  मृत्यु भएको छ। सोमबार बिहान मनहरी ७ मनहरी पुलमा चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकल लाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर- १६ पिठुवाका ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय निम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका थापाको उपचारको क्रममा मनहरी अस्पतालमा ज्यान थियो । मोटरसाइकल चालकलाई थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीको जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई मनहरी प्रहरीले नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । आज भएको उक्त घटनाको विरोधमा मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि बेर राजमार्ग अवरुद्ध पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*