हेटौंडा राष्ट्रिय भेट्रान्स कपः आज सेमिफाइनलका दुई खेल हुँदै

हेटौंडा टुडे
२५ फाल्गुन २०८१, आईतवार ११:३३

हेटौंडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई सेमिफाइनल खेल हुनेछ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार दिउसो २ बजे बानेस्वर फ्रेण्डसिप भेट्रान्स र फ्रिडम फाईटर भेट्रान्स बिच हुने छ भने दोस्रो सेमिफाइनल खेल दिउसो ३ बजे किङकम भेट्रान्स र आयोजक हेटौडा भेट्रान्स बिच हुने छ ।

यस अघि शनिवार भएको क्वाटर फाइनल  खेलमा बानेस्वर भेट्रान्सले एबिसि भेट्रान्स पोखरालाई ट्राईब्रेकरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो भने  किङकम भेट्रान्सले बगर भाईखलक भेट्रान्सलाई पराजित गदै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै नागस्वती भेट्रान्सलाई पराजित गर्दै फ्रिडम फाइटर भेट्रान्स सेमिफाइनल प्रवेश गरेको थियो भने बौद्ध भेट्रान्सलाई पराजित गर्दै हेटौडा भेट्रान्स सेमिफाइनल प्रवेश गरेको थियो ।

मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको यस प्रतियोगितामा सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।  यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*