सिरहामा एसईईको प्रश्न पत्र बाहिरियो

हेटौंडा टुडे
२०८१ चैत्र ७, बिहीबार ११:५३ गते

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमै प्रश्नपत्र बाहिरिएको छ।  आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा थियो। प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन । स्थानीयहरूले निजी विद्यालय, केन्द्राध्यक्ष तथा प्रशासनको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको आरोप लगाएका छन्।  परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएता पनि प्रश्न पत्र आउट भएको छ ।  घटनाबारे छानबिन भइरहेको बताएको जनाएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*