जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ। राजसंस्था पक्षधरहरूको आन्दोलन अनियन्त्रित बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो। प्रहरीले यसको सूचना दिँदै तीनकुने क्षेत्रमा माइकिङ गरिरहेको छ।
सेयर गर्नुहोस्






















