कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

हेटौंडा टुडे
२०८२ बैशाख ९, मंगलवार १०:४३ गते

हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।मङ्गलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । वैशाख ११ देखि सुरु हुनेछ। बोर्डका अनुसार परीक्षाको तयारी पूरा भएको र सबै जिल्लाका परीक्षा समन्वय समितिलाई केन्द्रहरूमा परीक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिइएको छ। शिक्षक आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण परीक्षा सर्ने शंका गरिएको थियो।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासङ्घले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यस्तोमा परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*