मकवानपुरगढीमा कुरिलो टिप्न जादा लडेर एकको मृत्यु

हेटौंडा टुडे
२०८२ बैशाख २१, आईतवार २०:३८ गते

हेटौडा । मकवानपुरगढीमा कुरिलो टिप्न जाने क्रममा  एक जनाको  लडेर मृत्यु भएको छ। आइतबार बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सोलथुम चुहारमा कुलिरो टिप्न गएको ५२ वर्षीय कप्तान रुम्बाको लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएका छ । घर नजिकै रहेको कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न जादा  लडेर ज्यान गएको जनाइएको छ। उनको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*