निउरो खोज्न गएको मनहरीका एक व्यक्तिको शव ६ दिनमा जंगलमा भेटियो

हेटौंडा टुडे
२०८२ जेष्ठ १३, मंगलवार ११:०१ गते

हेटौंडा। निउरो खोज्न गएकोमनहरीका ब्लोनको शव जंगलमा भेटिएको छ।  ६ दिनदेखि बेपत्ता भएका मनहरीका श्यामबहादुर ब्लोनको शव निकुञ्जको जंगलमा फेला परेके हो । पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र निउरो र च्याउ खोज्न गएका मनहरी गाउँपालिका–२ का ६२ वर्षीय श्यामबहादुर ब्लोनको शव पर्सा पटेर्वासुगौली गाउँपालिका–१ रामभऔरी नजिकै रहेको सितलपुर जंगलमा सोमबार उनको शव फेला परेको हो । निउरो र च्याउ खोज्न उनीसहित तीन जना बिहीबार पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा गएका थिए । उनीसँग २८ वर्षीय श्रवणकुमार ब्लोन र ५० वर्षीय भक्तबहादुर आलेमगर निउरो र च्याउ टिप्न पर्सा राष्ट्रिय निकुञ्जको जंगल छिरेका थिए । तर उनीहरु शनिबार नै घर फर्के तर ब्लोन जंगलमा नै हराएका थिए ।

मकवानपुर मनहरी गाउँपालिका–२ का वडाध्यक्षसहित७ जनाको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा ब्लोनको शव पर्सा पटेर्वासुगौली गाउँपालिका–१ रामभऔरी नजिकै रहेको सितलपुर जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । जंगली जनावरले आक्रमण गरेर मारेको हुनसक्ने प्रहरीले बताएका छन। । पोष्टमार्टम गर्न ब्लोनको शवलाई नारायणी अस्पताल वीरगंज लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*