रुपन्देहीको बुटवलमा महिलासहित दुई बालिकाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
बुधबार बिहान बुटवल उपमहानगरपालिका– वडा नम्बर ११ होराइजनचोक स्थित मिलिजुलीपथमा स्थानीय ३१ वर्षीया दीपा बस्याल, ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्यालको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
उनीहरूको घरेलु हतियार (हथौडा र चक्कु) प्रयोग गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र रानाले जानकारी दिएका छन्।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अन्दाजी ३२ वर्षीय सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ। कोइराला मृतक दिपाका पुर्व श्रीमान् हुन्। कोइराला राष्ट्रपतिबाट आम माफी पाएर संविधान दिवसका दिन रिहा भएका थिए। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
सेयर गर्नुहोस्




















