बागमती नदीमा पानीको बाहव बढ्दा नदीले बगाएर फस्यो ट्याङ्कर र ट्रक

हेटौंडा टुडे
२०८२ जेष्ठ १५, बिहीबार १२:५७ गते

हेटौंडा । काठमाडौंमा परेको वर्षाको कारण बागमती नदीमा पानीको बाहब बढ्दा एउटा डिजेल लोड गरेको ट्याङ्कर बगाएको छ भने सामान लोड गरेर काठमाडौ जाँदै गरेको ट्रक नदिमा फसेको छ ।

बाराको अमलेखगञ्जबाट डिजेल लिएर काठमाडौ जाँदै गरेको प्रदेश-२-०३-००१ क २०३१ नम्बरको ट्याङ्कर पुल नजिक चिप्लिएर खोलामा खस्दा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्याङ्कर चालकले भने हामफालेर ज्यान जोगाएका छन् ।

त्यसैगरी बागमती नदि छेउ पार्किङ गरेर राखिएको ना ३ ख ९१९६ को मालबाहक ट्रक एक्कसी आएको बाढीमा फसेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*