करेन्ट लागेर एक पुरुषको मृत्यु

हेटौंडा टुडे
२०८२ जेष्ठ १५, बिहीबार १३:२७ गते

हेटौंडा। धादिङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । गल्छी गाउँपालिका-५ रैलेका चन्द्रबहादुर तामाङको मृत्यु भएको हो । आफ्नै घरको पिँढीमा जडान गरेको मेसिनले गहुँ, मकै, कोदो पिस्ने मिलमा कोदो पिस्ने क्रममा एक्कासि सट भई करेन्ट लागेर उनको घटनास्थलमा मृत्यु भएको हो । मुचुल्कापछि उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको  प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*