नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ । बिहीबार चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नदीको बीचमा बाँध बाँधेर नदीजन्य पदार्थ निकाल्ने क्रममा बाँध फुटेपछि उनीहरु फसेका थिए ।
ती मजदुरले निकालेको गिट्टी बालुवा ओसार्न त्यहाँ पुगेको एउटा ट्रिपर डुबेको छ । बाँध फुटेपछि आएको भेलले ट्रिपर डुबेको हो । सशस्त्रको १७ नम्बर गणबाट खटिएको गोताखोरसहितको टोलीले उनीहरुको उद्धार गरेको हो ।
सेयर गर्नुहोस्






















