फलामको रड प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

हेटौंडा टुडे
२०८२ जेष्ठ ३०, शुक्रबार १२:५६ गते

पूर्व नवलपुरको देवचुली नगरपालिका-३ आम्बासका एक श्रीमानले श्रीमतीको हत्या गरेका छन्। स्थानीय ९० बर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ बर्षीया जमुना थापालाई टाउकोमा रडले प्रहार गरी हत्या गरेका हुन् । दम्पतीबीच घरेलु विवाद चर्किँदै जाँदा दिलबहादुरले फलामको रड श्रीमतीको टाउकोमा प्रहार गरेका थिए। घटनास्थलमै जमुनाकोघटनास्थलमै गम्भीर चोटका कारण मृत्यु भएको हो।

हत्यापछि दिलबहादुर फारार भएका थिए। तर, प्रहरीले उनलाई केही समयमै नियन्त्रणमा लिएको थियो। दिलबहादुरले प्रहरीसमक्ष घटना स्वीकार गरेको प्रहरीले जानकारी दिए। मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*