मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा टुडे
२०८२ असार १, आईतवार १०:५० गते

जाजरकोटबाट रुकुमपश्चिम जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।  रुकुमपश्चिमको आठबीसकोट–११, गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो। बारेकोट गाउँपालिका–८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश ०२००१ प ६५५६ नम्बरको मोटरसाइकलले आज बिहान नलगाड–७, चामेखेतमा विकलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते विकको रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  इलाका प्रहरीले जानकारी दिएका छन्। मोटरसाइकल चालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*