लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

हेटौंडा टुडे
२०८२ असार २, सोमबार ११:३९ गते

हेटौंडा । लागुऔषध खैरो हेरोईन सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। १ ग्राम ३४० मिलि ग्राम लागुऔषध खैरो हेरोईनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा -२ बस्ने बर्ष २४ की पुजा श्रेष्ठ,हेटौंडा – १ बस्ने बर्ष २० को रिकेश तन्दुकार र सोही स्थान बस्ने बर्ष २४ को रितिक भन्ने राजिब तन्दुकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीको अनुसार शनिबार हेटौंडा -२ बस्ने पुजा श्रेष्ठको घरमा लागुऔषध सेवन तथा कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा श्रेष्ठको कोठाभित्रबाट फेला पारी कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुको साथबाट १ ग्राम ३४० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला परेको हो।

उक्त लागूऔषधसहित ३ जना लाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*