हेटौंडा । सुक्खा पहिरो खस्दा नारायणढ–मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ। आज मध्यान्न इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध बनेको हो । प्रहरीका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने बताइएको छ।
सेयर गर्नुहोस्






















