हेटौंडा । सर्पले टोकेर डडेल्धुरामा एक किशोरको ज्यान गएको छ । सर्पले टोकेर जिलालाको परशुराम नगरपालिका–७ की १३ वर्षीय किशोर प्रकाश भट्टराईको ज्यान गएको हो । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।
सेयर गर्नुहोस्


















