त्रिभुवन राजपथ अवरुद्ध, एकतर्फी संचालनमा

हेटौंडा टुडे
२०८२ असार ६, शुक्रबार ११:४९ गते

हेटौंडा। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा नेपालकै जेठो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ। शुक्रबार बिहान राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ बागमारामा पहिरो खस्दा बाटो अवरुद्ध भएको नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ। प्रहरीले  बिहान १०:३० सम्मको सार्वजनिक गरेको तथ्यांकमा अवरुद्ध सडकखण्ड एकतर्फी संचालनमा ल्याइएको जनाइएको छ । देशभर पहिरोका कारण आधा दर्जन बढी सडकखण्ड अवरुद्ध बनेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*