सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

हेटौंडा टुडे
२०८२ असार ९, सोमबार १४:१७ गते

हेटौंडा ।  सर्पको टोकाइबाट जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ।  भेरी नगरपालिका-६ गँगटियाका जयबहादुर शाहीकी ८ वर्षीया छोरी दीक्षाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।  घरमा सुतिरहेको  बेला सोमबार बिहान सर्पले टोकेपछि बेहोस भएकी उनलाई उपचारका लागि सदरमुकाम स्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो । तर, उनको उपचार कै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैले सुत्ने वेलामा झुल लागाएर सुत्ने र सावधानी अपनाउन प्रहरीले आग्रह गरीएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*