ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

हेटौंडा टुडे
२०८२ असार ११, बुधबार ११:३३ गते

हेटौंडा । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मङ्गलबार राति भैरबी गाउँपालिका–६ तीजडाँडा नजिकै ना.प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी नारायण नगरपालिका–१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। रबी गाउँपालिका–६ तीजडाँडादेखि भैरबी गाँउपालिकातर्फ आउँदै गर्दा ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका दैलेखका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका सहचालक भैरबी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*