सर्पले डस्दा एक महिलाको मृत्यु

हेटौंडा टुडे
२०८२ असार १२, बिहीबार ११:०१ गते

हेटौंडा । सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६, भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको  हो । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार (असार ११) राति सर्पले डसेपछि अस्पताल लगिएको मा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राति करिब ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा उनलाई दाहिने खुट्टामा सर्पले डसेको थियो । त्यसपछि उपचारका निम्ति कावासोतीस्थित कालीगण्डकी अस्पताल लगिएकामा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी यादव ढकालले बताए । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटनाहरु बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*