मकवानपुरगढी घर भएको एक महिला ललितपुरमा मृत फेला

हेटौंडा टुडे
२०८२ असार १२, बिहीबार १२:४५ गते

हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका घर भएकी एक महिला  ललितपुरमा मृत अवस्थामा फेला परेकी छिन्। ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीस्थित अमृत विष्टको गाई फर्ममा  मकवानपुरगढी १ घर भएकी अन्दाजी १८ वर्षीया सुशिला बम्जन मृत अवस्थामा फेला पारेको ललितपुर प्रहरीले जनाएको छ।  उनी बुधबार साँझ झुण्डिएको अवस्थामा मृत फेला परेकी  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन्। छम्पीमा जग्गा भाडामा लिएर गाई पालन गर्दै आएको फार्ममा उनका श्रीमान २० वर्षीय पाल्साङ बम्जन सहित पछिल्लो ११ दिनदेखि काम गर्दै आएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*