ग्यास बुलेट र ट्रक आपसमा ठोक्किँदा २ जना घाइते

हेटौंडा टुडे
२०८२ असार १३, शुक्रबार ११:०३ गते

हेटौंडा।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत बिहारका ४५ वर्षीय जगदेव यादव छन् । प्रहरीका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशामा रहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोकिएका हुन् । दुर्घटनामा घाइते ट्रकका सहचालक प्रजाको चितवन मेडिकल कलेजमा र ग्यास बुलेट चालक यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*