मकवानपुरबाट करिब १ हजार ७४ किलो गाँजा सहित ४ जना पक्राउ

हेटौंडा टुडे
२०८२ असार १७, मंगलवार १३:५२ गते

हेटौंडा । मकवानपुरबाट करिब १ हजार ७४ किलो गाँजा सहित ४ जना पक्राउ परेको छ। कैलाश गाउँपालिका–५ कटहरेबाट १ हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेको हो।  पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बद्धिबहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो।  प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*