मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर

हेटौंडा टुडे
२०८२ असार २०, शुक्रबार १५:४३ गते

हेटौँडा । मकवानपुरमा ईभी गाडी दुर्घटना भएको छ। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आज दिउँसो विद्युत्तीय ईभी दुर्घटनामा परि पाँच जना घाइते भएका छन्। दुर्घटना दिउँसो करिब १ बजे भएको हो।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी भीरको घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर अनियन्त्रित भई करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १० जना सवार थिए। तीमध्ये ५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उद्धार गरी उपचारको लागि काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*