चट्याङ लागेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ असार २५, बुधबार ११:२९ गते

हेटौंडा । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो।                पारिवारिक स्रोतका अनुसार मंगलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए। उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्‍याइएको थियो।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। १७ वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*