मकवानपुरबाट खैरो हेरोईन सहित १ जना पक्राउ

हेटौंडा टुडे
२०८२ असार ३०, सोमबार ११:२७ गते

हेटौंडा ।  मकवानपुरबाट खैरो हेरोईन सहित १ जना युवकलाइ प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका–३ का ३० वर्षीय भेण्डम भन्ने साजन लामा थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।  साजन लामा थिङले नाबालकलाई लागुऔषध बोकाएका थिए।

असार ११ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट २५ ग्राम ८०० मिलिग्राम खैरो हेरोईन सहित सोहि १ जना नाबालकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानको गर्ने क्रममा उक्त लागूऔषध भेण्डमको हो भनी नाबालकको बयानबाट खुल्न आएपछि भेण्डमको खोजी कार्य तीव्र बनाएको थियो । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट भेण्डमलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले बताएका हुन । मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुरमा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*