चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। बारबर्दिया नगरपालिका–१०, स्थित आइतबार साँझ साढे ५ बजे चितुवाको आक्रमणबाट बैदीका दिनेश चौधरी घाइते भएका हुन्।
मथुराचोक स्थित फुटबल मैदानमा राँगा चराउन गएको बेला चितुवाले चौधरीलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। चौधरीको घाँटी र छातीमा चोट लागेको छ। घाइते चौधरीको नगर अस्पताल जयनगरमा उपचार भइरहेको प्रहरीले बताएको छ।
सेयर गर्नुहोस्






















