हेटौंडा। मकवानपुरको इन्द्रसरोवरबाट शनिबार राति ठुलो परिणामको लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । भारतबाट हेटौंडा हुदै काठमाडौँ तर्फ जाँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कार्पियोमा ३ वटा फ्लश बटम बनाइ लुकाएर ल्याउँदै गरेको ठुलो परिणामको लागूऔषध बरामद गरिएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ हेबीमा रहेको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धी लागुऔषध नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ ओटा सहित ३ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीले भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुरलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिएको जनाइएको छ। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको लागुऔषध र स्कार्पियो र मानिसलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाएको छ । गाडीसहित नियन्त्रणमा लिएका उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय भीमफेदीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।





















