ग्यास लिक हुँदा घरमा आगलागी

हेटौंडा टुडे
२०८२ श्रावण ११, आईतवार ११:१० गते

हेटौंडा। ग्यास लिक हुँदा घरमा आगलागी भएको छ। जुम्लाको पातारासी गाउँपालिका – ६ बाता गाउँका एक घरमा आगलागी भएको हो।
कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलोमा आगो बाल्ने क्रममा एक्कासी आगलागी भएको हो। स्थानीय रणु महताराको जस्ताले छाएको तीन तले घरमा बिहान साढे ६ बजे बिहान चुलो बाल्दा अचानक ग्यास लिक भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा, भाँडाबर्तन जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको बताइएको छ।
आगलागीको विस्तृत विवरण र क्षतिको मूल्याङ्कन कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*