म्याग्दीमा गयो ४.५ म्याग्निच्युडको भूकम्प

हेटौंडा टुडे
२०८२ श्रावण २०, मंगलवार १४:३२ गते

हेटौंडा । म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो १ बजेर ३ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार भूकम्पका कारण खासै क्षति भएको छैन ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । यसअघि असार १५ गते मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*